सहज जित निकाल्दै प्रिमियर लिगकाे शीर्ष स्थानमा उक्लियाे सिटी

इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले  जित हात पारेकाे छ । उसले घरेलु मैदान इतिहाद स्टेडियममा साउथह्यामटनविरुद्ध  ४-० काे सहज जित हात पारेको हाे ।

 सिटीलाई जित दिलाउन जाओ कान्सेलाे, फिल फाेडेन, रियाद महारेज र एर्लिङ हालान्डले एक/एक गाेल गरे । ​खेलकाे २० औं मिनेटमा कान्सेलाेकाे गाेलमार्फत सिटीले अग्रता लिएकाे थियाे ।

३२ औं मिनेटमा फाेडेनले टाेलीकाे अग्रता दाेब्बर बनाए । ४९ औं मिनेटमा महारेजले गाेल गरेपछि  सिटी ३-० ले अघि बढ्याे । ६५ औं मिनेटमा हालान्डले गाेल गर्दै घरेलु टाेलीलाई ४-० काे सहज जित दिलाए ।

जितसँगै ९ खेलमा २३ अंकका साथ शीर्ष स्थानमा उक्लिँदा पराजित साउथह्यमटन समान खेलबाट ७ अंकका साथ १६ औं स्थानमा छ । ​लिगअन्तर्गतकै अन्य खेलमा न्युकासल युनाइटेड, चेल्सी र बर्नमाउथले पनि जित हात पारे ।





  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार २१:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया