नवौं राष्ट्रिय खेलकुदमा बागमतीको विजयी सुरुवात

आजबाट पोखरामा सुरु भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । उसले समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । 

७२ रनको लक्ष्य बगमतीले १३.१ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । उसका लागि कञ्चन श्रेष्ठले सर्वाधिक २५ रनको योगदान दिइन् । 

अविजित रहेका सुमन खतिवडाले ११ र आरती बिडारीले ३ रन जोडे । सुदूरपश्चिमका लागि याशु पाण्डेले १ विकेट लिँदा १ विकेट रन आउटकारुपमा प्राप्त भयो । 

त्यसअघि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन बनाएको थियो । उसका लागि अनु कडायतले सर्वाधिक २२ रनको योगदान दिइन् ।
 
रुवी पोदारले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकले रन जोड्न सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्न सोनी पाख्रिनले ५, खुशी डंगोलले २ तथा अस्मिता खरेल र क्रिश्मा गुरुङले १–१ विकेट लिँदा एक विकेट रन आउटका रुपमा प्राप्त भयो । 

जितसँगै बागमतीले २ अंक जोड्दा सुदूरपश्चिमले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । त्यस्तै, प्रतियोगिताको उद्घाटन खेलमा मधेस  प्रदेशले पनि घरेलु टोली गण्डकी प्रदेशलाई ४० रनले हरायो ।





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार १६:४०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया