झापा क्षेत्र नम्बर ३ बाट राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष लिङ्देनले आइतबार बिहान ११ः३० बजे आफैँ उपस्थित भएर झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् । 

अध्यक्ष लिङ्देनलाई झापा ३ मा एमालेको समर्थन गरेको छ । अध्यक्ष लिङदेनको प्रस्तावक माधव पोखरेल र समर्थकमा एमालेका लक्ष्मण पाठक छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा लिङदेनसँग सिटौला पराजित भएका थिए । 

प्रदेश सभातर्फ एमालेले दुवै निर्वाचन क्षेत्रमा राप्रपाको समर्थनमा उम्मेदवारी दिएको छ । प्रदेश ‘क’ मा वसन्त बानियाँ र ‘ख’ मा छविलाल चुडालले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तोकिएको छ ।





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार १९:१३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया