बाबुराम र नारायणकाजीलाई दायाँबायाँ राखेर प्रचण्डले सुरु गरे चुनावी अभियान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव केन्द्रित छलफल सुरु गरेका छन् । 

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका प्रचण्डले सोमबार विहानबाट चुनाव केन्द्रित छलफल सुरु गरेका हुन् । गोरखामा नै गठबन्धनका नेताहरु तथा माओवादीबाट स्थानीय तह निर्वाचनमा निर्वाचितहरुसँग उनले छलफल गरेका हुन् । 

यसका लागि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दायाँबायाँ राखेर उनले चुनावी अभियान सुरु गरेका छन् ।

उनले छलफलमा चुनावी रणनीतिबारे छलफल गरेका हुन् ।





  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार १३:१४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया