रुपन्देही ५ मा बासुदेवकाे मनाेनयन कायम, खिमलालकाे राष्ट्रिय सभा सदस्य पदसमेत गयाे

रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वासुदेव घिमिरेको उम्मेदवारी कायम भएको छ । मनोनयनदेखि नै विवादमा आएको यो क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट घिमिरेले मनोनयन गरेपछि राष्ट्रिय सभा सदस्यसमेत रहेका खिमलाल भट्टराईले पनि उम्मेदवारी दिएका थिए ।

राष्ट्रिय सभाबाट राजीनामा दिएर उम्मेदवारी दिएका खिमलालको राष्ट्रिय सभा सदस्य पद पनि गएको छ । 

शनिबार अपरान्ह नेकपा एमालेले तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख रहेका घिमिरेलाई टिकट दिएकोमा आइतबार दिउँसो उनको टिकट खोसेर खिमलाल भट्टराईलाई दिएको थियो ।

शनिबार पार्टीको आधिकारिक पत्र बुझेका घिमिरेले आइतबार अपरान्ह साढे ३ बजे मनोनयन दर्ता गरेपछि अपरान्ह पौने ५ बजे एमाले पोलिटब्युरो सदस्य समेत रहेका खिमलाल भट्टराईले अर्को पत्र पेस गर्दै आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन निर्देशिका २०७८ को दफा १९ को उपदफा ९ अनुसार घिमिरेको उम्मेदवारी कायम गरिएको निर्वाचन आयोगले जनाएको छ । 

निर्देशिकामा कुनै एक दलले एकभन्दा बढी व्यक्तिलाई उम्मेदवार बनाएर पठाए जसले पहिले दर्ता गर्छ उसैलाई आधिकारिकता दिनुपर्ने उल्लेख छ। सोही निर्देशिका अनुसार घिमिरेलाई आधिकारिकता दिइएको बताए ।



राष्ट्रियसभा सदस्य समेत रहेका भट्टराईले यसअघि बासुदेव घिमिरेलाई दिएको पत्र भुलबस भन्दै पार्टीको अर्को पत्रसहित दर्ता गराएको भए पनि निर्वाचन आयोगले भट्टराईको दाबीलाई खारेज गरी घिमिरेको उम्मेदवारी कायम गरेको हो ।



  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार १६:७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया