काठमाडौं– वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत आफ्नै कोठामा मृत भेटिएकी छिन् ।
ललितपुर बालकुमारीस्थित आफ्नै घरमा सलमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले बताएको छ । उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
बबिता उर्जामन्त्री वर्षामान पुनका प्रेस संयोजक रोशन खड्काकी पत्नी हुन् । रोशन र बबिता ३ वर्षअघि विवाह बन्धनमा बाँधिएका थिए ।
पारिवारिक स्रोतका अनुसार बबिता हँसिली खुला स्वभावकी थिइन् । उनी कुनै तनावमा देखिएकी पनि थिइनन् । आत्महत्या गर्ने खालको मानसिक विचलनको अवस्था थिएन । त्यसैले, उनको मृत्युलाई आफन्तजनले शंकास्पद मानेका छन् ।
बिहे हुनुअघि बबिता काठमाडौंमा मन्त्री बस्नेतसँगै बस्ने गर्थिन् । उनलाई बस्नेतले नै क्याम्पस पढाएका थिए ।
आइतबार बिहान १० बजेसम्म ढोका नखुलेपछि बबिताकी नन्दले निकैबेर ढोका ढक्ढकाएकी थिइन् । तर, नखुलेपछि उनले प्रहरीलाई खबर गरिन् ।
प्रहरी आएर ढोका फोडी हेर्दा उनको प्राण निस्किसकेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।