कैलाली–५ का नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार थारुको उम्मेदवारी खारेज

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर भएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी बदर गरेको हो ।

उनीविरुद्ध फौजदारी अभियोग लागेर अदालतले जन्म कैदको सजाय हुने फैसला गरेको भन्दै त्यहाँका स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले उजुरी दिएका थिए । 

थारुलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत कैलालीबाट सजाय भएको र उच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय तोकेकाले उनको उम्मेदवारी बदर हुने निर्णय निर्वाचन कार्यालयले गरेको हो ।

नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई उच्च अदालत दिपायलले २ पुस २०७७ मा जन्म कैदको फैसला सुनाएको थियो । त्यसअघि जिल्ला अदालत कैलालीले थारुलाई तीन वर्ष कैद सजाय तोकेको थियो । उनी पुर्पक्षमै तीन वर्ष भन्दा बढि बसेर छुटेका थिए । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेका थारुलाई उच्च अदालतले भने जन्म कैदको फैसला सुनाएको थियो । उक्त फैसलापछि उनी फरारको सूचीमा छन् ।

उनले २३ असोजमा वारेसमार्फत् उम्मेदवारी दिएका थिए ।






  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार १८:५२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया