नरहरि आचार्यले प्रदीप पौडेललाई दिए शुभकामना– काठमाडौं ५ का मतदाता विवेकशील छन्

नेपाली कांग्रेसका नेता नरहरि आचार्यले काठमाडौं क्षेत्र नम्बर ५ का कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार प्रदीप पौडेललाई जितको शुभकामना दिएका छन् । 

पौडेल आचार्य निवासमा आज विहान पुगेका थिए ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका प्रदीप पौडेललाई विजयको शुभकामना दिँदै आचार्यले काठमाडौं ५ का उम्मेदवार विवेकशील, निष्ठावान र सचेत रहेको बताएका छन् । 

‘परिवर्तनको पक्षमा, विवकेपूर्ण न्यायको पक्षमा समर्पित यो क्षेत्रका बासिन्दा कार्यभारको नेतृत्व तिमीलाई सुम्पिने छन् भन्नेमा विश्वस्त छु,’ पौडेललाई आचार्यले बताएका छन् । 

पौडेलले भ्रष्टाचारविरुद्ध आफूले सशक्त आवाज उठाउने र काठमाडौंलाई देशको राजधानी जस्तो प्रत्याभूति होस् भन्नका लागि आफूले काम गर्ने बताएका छन् । 

यसअघि प्रदीप पौडेलको पक्षमा विवकेशील साझा पार्टीका निवर्तमान प्रवक्ताले समेत मत मागिसकेका छन् । प्रदीपको विरुद्धमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ को चुनावी मैदानमा होमिएका छन् । 





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १३:२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया