दुवै सिरिज जितेसँगै नेपालले पायो ३ लाख, अविनाश बने टी–२० म्यान अफ द सिरिज

काठमाडौं– युएईविरुद्धको ओडिआई र टी–२० सिरिज जितेसँगै नेपालले १० हजार दिराम (भन्डै ३ लाख रुपैयाँ) पुरस्कार पाएको छ । ओडिआई मान्यतापछि पहिलोपटक युएई भ्रमणमा निस्केको नेपालले दुवै सिरिज २–१ ले जितेर इतिहास रच्यो । नेपालले पहिलोपटक टी–२० र ओडिआई सिरिज जितेको हो । 

यसै सिरिजमा टी–२० डेब्यु गरेका नेपालका फास्ट बलर अविनाश बोहरा म्यान अफ द सिरिज भए । उनले तीन खेलमा ६ विकेट लिएका थिए । 

पहिलो टी–२० मा १ विकेट लिँदा अविनाशले ३६ रन खर्चेका थिए । दोस्रो खेलमा उनले २० रन खर्चेर ३ विकेट लिए । आज भएको तेस्रो टी–२० मा अविनाशले २ विकेट लिँदा १६ रन खर्चिए । 

आजको खेलको म्यान अफ द म्याच भने करण केसी भए । बलिङमा २ विकेट लिएका उनले ब्याटिङमा १० रन जोडेका थिए । 

यसअघि भएको ओडिआई सिरिजमा भने नेपालका कप्तान पारस खड्का म्यान अफ द सिरिज भएका थिए । 

तीन ओडिआई र तीन टी–२० खेलको सिरिज खेल्न युएई गएको नेपालले पहिलो ओडिआई म्याच ३ विकेटले गुमाएको थियो । दोस्रो १ सय ४५ रनको विशाल अन्तरले जितेको नेपालले तेस्रो म्याच ४ विकेटले जित्दै सिरिज कब्जा गर्यो ।



टी–२० मा पनि पहिलो खेल गुमाएको नेपालले दोस्रो र तेस्रो म्याच लगातार जित्दै सिरिज आफ्नो नाम गरेको हो । 



  • प्रकाशित मिति : माघ २०, २०७५ आइतबार २०:४५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया