महोत्तरी–३ को (ख)मा माओवादीबाट मनोनयन दर्ता गराएका शर्माको उम्मेदवारी फिर्ता

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ को (ख)मा प्रदेशसभामा नेकपा माओवादी केन्द्रबाट मनोनयन दर्ता गराएका रामकुमार शर्माले उम्मेदवारी फिर्ता लिएका छन् । उक्त निर्वाचन क्षेत्रमा गठबन्धनबाट लोसपा नेतृ रानीकुमारी शर्मा आधिकारिक उम्मेदवार हुन् ।
 
महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ को (ख)बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवार हुन मनोनयनपत्र दर्ता गराएका शर्माले नाम फिर्ता लिनका लागि निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए ।
 
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २५ को उपदफा (४) बमोजिम उनको नाम उम्मेदवारको सूचीबाट हटाएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले जानकारी दिए । 

महोत्तरी–३ प्रदेशसभा (ख)मा पनि माओवादी केन्द्रका नेता शर्माले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता लिएपछि उनले गठबन्धनसँगै एकजुट भएर जाने बताएका छन् ।

गठबन्धनले महोत्तरी क्षेत्र नम्बर–३ प्रदेश सभा (क)मा लोकतान्त्रिक समाजवादी पार्टीका अभिराम शर्मा र क्षेत्र नम्बर–३ प्रदेश सभा (ख)मा रानीकुमारी शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १८:६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया