गण्डकी प्रदेशमा अबको पाँच वर्षभित्र सुकुम्बासी हुने छैनन्ः खगराज अधिकारी

नेकपा एमालेका संगठन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य र कास्की क्षेत्र नम्बर १ बाट प्रदेश सभा उम्मेदवार खगराज अधिकारीले अबको पाँच वर्ष भित्र गण्डकी प्रदेशमा सुकुम्बासी नरहने घोषणा गरेका छन् । 

उनले एमाले पार्टीको नेतृत्वमा प्रदेशमा सरकार बने गण्डकी प्रदेशका सबै सुकुम्बासीलाई सक्कली लालपुर्जा थमाइने बताएका हुन् ।

‘सक्कली लालपुर्जा दिइने छ,’ अधिकारीले भने, ‘यो मेरो संकल्प हो, दृढता हो र प्रतिबद्धता हो ।’

कास्कीमा आज आयोजित नेकपा एमालेका उम्मेदवारहरुको भेटघाट तथा परिचयात्मक कार्यक्रममा अधिकारीले यस्तो बताएका हुन् ।





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १८:५०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया