घनश्याम भुसालको विद्रोह स्वाभाविक छ, म पनि कार्यकर्ता र जनताको भावनाअनुसार निर्णय लिन्छु : भीम रावल

नेकपा (एमाले)ले निर्वाचनको टिकट नदिएपछि असन्तुष्ट बनेका नेता भीम रावलले बिहीबार पत्रकार सम्मेलन गरेर एमालेको टिकट वितरण प्रणालीप्रति आक्रोश पोखेका छन् । 

बबरमहलको कार्की ब्यांक्वेटमा भएको पत्रकार सम्मेलनमा रावलले भने, ‘टिकट वितरण प्रणाली स्वेच्छाचारी र अन्यायपूर्ण छ।’ पार्टीभित्र विधि र पद्धतिको वकालत गर्नेहरूलाई षडयन्त्रपूर्वक नेतृत्वले पाखा लगाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । 

अध्यक्ष केपी शर्मा ओलीले एमालेमा कुनै योगदान नभएकालाई टिकट दिएको तर आफूहरुलाई पाखा लगाएको उनको आरोप छ । उनले प्रश्न गरे,  ‘होली वाइनका प्रवर्द्धक एकनाथ ढकालले समानुपातिकको टिकट पाउने, एमालेका कार्यकर्तामाथि दमन गर्ने र पार्टीले प्रतिक्रियावादी भनेको व्यक्तिलाई मकवानपुरमा चुनाव चिह्न दिने, एमालेलाई नश्लवादी पार्टी भन्ने जसपासँग चुनावी साँठगाँठ गर्ने काम कुन विधि, अनुशासन र पद्धतिभित्र पर्छ ?’

तत्काल एमले नछाड्ने बताएका राउवलले अछामका कार्यकर्ता र जनताको भावनाअनुसार निर्णय लिने बताएका छन् । आफूलाई झैँ टिकटबाट वञ्चित गरिएका घनश्याम भुसालको विद्रोहलाई भने रावलले स्वभाविक भएको बताएका छन् । एमालेले टिकट नदिएपछि भुसालले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

‘रावलले भने, ‘पार्टीका निष्ठावान् कार्यकर्तालाई पाखा लगाएर आफ्नै कार्यकर्तालाई दमन गर्ने व्यक्तिलाई टिकट दिने कुरा सह्य हुने कुरै भएन। दमन भएपछि विद्रोह स्वाभाविक रूपमा जन्मिन्छ। घनश्याम भुसालको विद्रोह स्वाभाविक छ ।’





  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार २०:३२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया