भेनेजुयलामाथि अमेरिकी प्रतिबन्धको प्रभाव, तेलको मूल्यमा वृद्धि

एजेन्सी– अमेरिकाले भेनेजुएलाकाे राजनीतिक परिघटनालाई लिएर लगाएकाे प्रतिबन्धकाे प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा पनि परेको छ । 

अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले लगाएकाे थप आर्थिक प्रतिबन्धको घोषणा गरेकाे थियाे । 

‘वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई)’ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि गर्ने बताएपछि यसको प्रभाव गत हप्तादेखि नै अमेरिका लगायत भेनेजुयलाबाट पेट्रोलियम पदार्थको आयात गर्ने मुलुकमा परेको छ । 

गत जनवरी २५ सम्म तेलको मूल्यमा सामान्य कमी देखिएको थियो । अघिल्लो हप्ता तेलको कच्चा पदार्थ, डब्लुटिआई मा ०.२ प्रतिशत र ब्रेन्टमा १.७ प्रतिशतको कमी आएको थियो । अघिल्लो हप्ताको अन्त्यमा डब्लुटिआईको मूल्य प्रति ब्यारेल ५३.६९ अमेरिकी डलर र ब्रेन्टको मूल्य प्रतिव्यारेल ६१.६४ अमेरिकी डलर कायम भएको थियो । 

तर गत हप्ताको सोमबार डब्लुटिआईमा १.७० अमेरिकी डलर कमी आई प्रति ब्यारेल ५१.९९ अमेरिकी डलर र ब्रेन्टमा प्रतिब्यारेल १.७१ अमेरिकी डलरको कमी आई ५९.९३ प्रतिशत कायम भएको थियो । 

तर मङ्गलबार राष्ट्रपति मदुरोलाई दवाब दिन काराकासको तेल निर्यातलाई नियन्त्रण गर्न अमेरिकाले भेनेजुयलाकाे तेल कम्पनीमाथि प्रतिबन्ध लगायाे जसको प्रभावले गत साता देखि नै अमेरिकी राष्ट्रहरूमा तेलको मूल्यमा वृद्धि भएको छ । 

पछिल्लो परिवर्तनपछि तेलको कच्चा पदार्थ डब्लुटिआईमा १.३२ प्रतिव्यारेल अमेरिकी डलर वृद्धि भई ५३.३१ डलर कायम भएको छ भने ब्रेन्टमा १.३९ को वृद्धि भई ६१.३२ कायम हुन गयो । तर यो क्रम निरन्तर रहँदा डब्लुटिआइ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि गर्ने बताइएको हो । 





  • प्रकाशित मिति : माघ २१, २०७५ साेमबार ७:४१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया