प्रिमियर लिगमा टोटेनहमको सहज जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिकाे खेलमा टोटेनहम हटस्पुरले सहज जित हात पारेको छ ।  उसले घरेलु मैदान टाेटेनहम स्टेडियममा एभर्टनविरुद्ध २-०को जित हात पारेकाे हो ।

टोटेनहमलाई जित दिलाउन ह्यारी केन र पिएरे इमिलले हाेज्बर्जले १/१ गोल गरे । खेलको ५९औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै टोटेनहमलाई  अग्रता दिलाएका थिए ।

 ८६औं मिनेटमा हाेज्बर्ज गोल गर्दै घरेलु टाेलीलाई २-०को सहज जित दिलाए ।  याे जितसँगै १० खेलमा २३ अंक जोडेको टाेटेनहम तेस्रो स्थानमा रहँदा पराजित एभर्टन समान खेलबाट १० अंकका साथ १४ औं स्थानमा छ।

लिगअन्तर्गतकै अन्य खेलमा उल्फ्सले नटिङ्घम फरेस्टलाई १-० ले पराजित गर्दा फुलहमले बर्नमाउथसँग १-१ तथा लेस्टर सिटीले क्रिस्टल प्यालेससँग गाेलरहित बराबरी खेलेका छन् । 





  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार ७:२६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया