रामदेव भन्छन्- बलिउडमा चारैतिर लागु औषध
फाइल तस्बिर

योग गुरु बाबा रामदेव चर्चामा आइरहने गुरु हुन् भन्दा फरक नपर्ला । उनले हालै मात्र बलिउडको तमाम कलाकारमाथि आफ्नो निशाना लगाए । जस कारण उनी पुनः चर्चामा आए ।

उत्तर प्रदेशको मुरादाबादमा नशा मुक्त भारत कार्यक्रममा सहभागी हुन पुगेका रामदेवले आम मानिसलाई लागु औषध नलिन आग्रह गरिरहँदा बलिउडका स्टारमाथि लागु औषध प्रयोगकर्ताको आरोप लगाए । उनले सलमान खान, शाहरुख खान र आमिर खानको नाम लिँदै उनीहरूलाई लागु औषध प्रयोगकर्ता भन्न छुटाएनन् ।

‘शाहरुख खानका छोरा लागु औषध लिइरहेका छन् । सलमान लागु औषध लिन्छन्, आमिरको थाहा छैन । थाहा छैन, कति ठूला–ठूला, जसलाई फिल्म स्टार भन्छन् । अभिनेत्रीको त भगवान् नै मालिक हुन् । फिल्म उद्योगमा चारैतिर लागु औषध मात्र छ,’ उनले भने ।

रामदेवले बलिउडप्रति निशाना साँधेको यो पहिलो पटक होइन । यसअघि पनि उनले बलिउडप्रति आक्रोश पोख्दै आएका छन् । बलिउडमा लागु औषध मामलामा कैयौँ कलाकारहरू पक्राउ परिसकेका छन् । अभिनेता सुशान्त सिंह राजपूतका निधनपछि लागु औषध मुद्दाले नयाँ चर्चा पायो । जस कारण नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले ठूला स्टारहरुलाई सोधपुछ नै गर्नुपर्‍यो ।

सन् २०२१ मा शाहरुखका छोरा आर्यन मुम्बईको एक क्रुज पार्टीमा पक्राउ परे । साथीसहित पक्राउ परेका उनलाई लागु औषध प्रयोग गरिरहँदा पक्राउ गरेको आरोप लगाएर जेल नै पठाइएको थियो । यद्यपि उनले सुरुवातमा जमानत पछि क्लिन चिट नै पाए । 





  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार ९:५०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया