‘बझाङ उद्योग वाणिज्य संघ कप २०७९’ सुरु, प्रथम हुनेले १ लाख ३१ हजार पुरस्कार पाउने

बझाङमा ‘बझाङ उद्योग वाणिज्य संघ कप २०७९’ आज उद्घाटन गरिएको छ । सिलदेवी मेलाको अवसरमा सञ्चालन हुने भनिएको बझाङ उद्योग वाणिज्य संघ कप २०७९ भलिबल वर्षाका कारण आजबाट सञ्चालन गरिएको हो । यसअघि उक्त प्रतियोगिता असोज २३ गतेबाट सञ्चालन हुने भनिएको थियो । 

कार्यक्रममा बोल्दै मस्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले जिल्ला स्तरमा ठुलो धनराशिको प्रतियोगिता आयोजना गरेर उद्योग वाणिज्य संघले खेलाडीहरूको क्षमता विकासको क्षेत्रमा ठूलो योगदान दिएको बताए । जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले कार्यक्रममा बोल्दै  जिल्लामा खेलाडीहरूको क्षमता विकासको लागी जयपृथ्वी नगरपालिका सधैँ तयार रहेको बताए । 

मंसिर मसान्तभित्रमा जयपृथ्वी नगरपालिकामा खेलकुद मैदान निर्माणका लागी नगरपालिकाले नीति बनाउने समेत बताए । जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहराले सबै पालिकाले पालिका भित्रका खेलाडीहरूको क्षमता विकासका लागी विभिन्न कार्यक्रमहरू आयोजना गर्न आवश्यक रहेको बताए । 

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले जिल्ला स्तरमा ठुलो धनराशिको प्रतियोगिता एउटा खेतमा आयोजना गरिरहँदा जनप्रतिनिधीहरुलाई लाज लाग्नु पर्ने विषय भएको बताए । 

प्रतियोगिता जिल्ला भरीका पालिकाबाट पुरुष तर्फ १६ र महिला तर्फ ८ टिम सहभागी भएका छन् । प्रतियोगिताको प्रथम हुने टिमले १ लाख ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ। 





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार १३:२५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया