बझाङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

बझाङको मस्टा गाउँपालिका चिउरीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । २ घाइते छन् । बुधबार दिउँसो करिब ४ : १५ बजेतिर मस्टा गाउँपालिका १ स्थित चिउरीमा जिप दुर्घटना भएको हो । जीप बझाङ सदरमुकामबाट सुर्माको मेला भर्न जाँदै गरेको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलकाअनुसार  सुपप्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ। ‘६ जनाको शव भेटिएको छ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० जागेश्वर भण्डारीले भने, ‘घाइतेहरुलाई अस्पताल पठाइरहेका छौँ। विस्तृत विवरण आउन केही समय लाग्छ।’ मृतक र घाइतेहरुको पहिचान भने खुलेको छैन।

प्रहरीका अनुसार जिप टुक्राटुक्रा भएको छ। अहिले पहरी र स्थानीयहरुले घाइतेहरुको उद्दार गरिरहेका छन्। घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सिमखेतमा पठाउने काम भइरहेको छ। उक्त जिप जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै थियो। जिप सडकबाट २ सय मिटर तल खसेर भीरमा अड्किएको छ।
 





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार १७:३६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया