काठमाडौँ–राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा आज साँझ सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।
विभिन्न बिषयमा सी वा सो भन्दा कम ग्रेड ल्याउने विद्यार्थीको यहि पौष १४ गते देखि ग्रेडबृद्दी परीक्षा भएको थियो । नतिजा हेर्नको लागि मोबाइलमा NEB लेखी एक स्पेस दिएर 31003 मा म्यासेज पठाइ हेर्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।