मेची–महाकाली ‘राष्ट्रिय स्वाभिमान यात्रा’मा निस्कँदै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १५ देखि ३० फागुनसम्म मेची–महाकाली यात्रा गर्ने भएको छ । सोमबार केन्द्रीय कार्यसमितिको बैठकपछि जारी विज्ञप्तिअनुसार राप्रपा ताप्लेजुङदेखि कञ्चनपुर हुँदै काठमाडौंसम्मको ‘राष्ट्रिय स्वाभिमान यात्रा’मा निस्कन लागेको हो । 

‘सनातन हिन्दुराष्ट्र पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, महिला विरुद्धको हिंसा, जातीय विभेद र छुवाछुत अन्त्यका लागि’ स्वाभिमान यात्रा गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

स्वाभिमान यात्रा जनसंघर्ष कार्यक्रमको निरन्तरताको रुपमा रहने राप्रपाले जनाएको छ । ‘शान्तिपूर्ण जनसंघर्षको स्वरुप र विस्तृत कार्यक्रम फागुन ३० गते हुने राष्ट्रिय स्वाभिमान यात्राको समापन समारोहमा घोषणा गरिनेछ,’ विज्ञप्तिमा लेखिएको छ । 

हिन्दुराष्ट्र पुनःस्थापना लगायतका माग राखी राप्रपाले ७ फागुनदेखि जनसंघर्ष गर्दै छ । घोषित कार्यक्रमअनुसार पार्टीले फागुन ७ गते उपत्यकामा प्रधानमन्त्री, प्रदेश राजधानीहरुमा मुख्य मन्त्री र जिल्ला सदरमुकामहरुमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनेछ । 





  • प्रकाशित मिति : माघ २१, २०७५ साेमबार १६:११:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया