थप ५३ जनामा कोरोना संक्रमण, डेंगुबाट ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन् । 

कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ सय १८ जनाले ज्यान गुमाइसकेका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।  

यसैबीच, डेंगु संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ५१ पुगेकाे छ ।  मन्त्रालयका अनुसार डेंगु संक्रमण ७७  जिल्लामा फैलिएकाे छ भने  ४२ हजार पाँच सय चार जना संक्रमित भइसकेका छन् ।  





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार १५:३७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया