अन्ना हजारेलाई ‘सोलिडारिटी फर डा.केसी’को ऐक्यबद्धता

काठमाडौँ–‘सोलिडारिटी फर डा.केसी’ अभियानले भारतमा भोक अनशनरत अन्ना हजारेको सत्याग्रहको समर्थन गर्दै ऐक्यबद्धता जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै अभियानले ऐक्यबद्धता जनाएको हो ।

‘सोलिडारिटी फर डा.केसी’ले जारी गरेको विज्ञप्तिमा डा.केसीले भनेका छन्,‘मेरो व्यक्तिगत, समुहगत र सम्पूर्ण नेपाली शुभचिन्तक नागरिकको तर्फबाट म तपाईंको सत्याग्रह ‘जन आन्दोलन सत्याग्रह’ भोक अनशनलाई सार्थकता पाओस् भन्ने कामना गर्दै ऐक्यबद्धता जनाउन चाहन्छु ।’ 

 हजारेले सुरु गरेको ‘जन आन्दोलन सत्याग्रह’ संसारभर सही सन्देश फैल्याएको भन्दै तारिफ पनि गरिएको छ । विज्ञप्तिमा भनिएको छ,‘जन आन्दोलन सत्याग्रह'ले संसार सबैलाई सत्य र भ्रष्टाचारबिरुद्ध लड्नका लागि पे्ररित गर्दै प्रजातन्त्रका मुल्य मान्यतालाई संस्थागत गर्न र बचाउन सहयोग गरेको छ ।’

हजारेले भोक अनसन गर्दै सन् २०११ मा भ्रष्टचारविरुद्ध अभियान सुरु गरेका थिए । उनको मागलाई सम्बोधन गर्दै भारतीय पार्लियमेन्टले सन् २०१३ मा भ्रष्टचारबिरुद्धको ‘लोकपाल बिल’ कानुन पास गरेको थियो । तर कानुन बनेको पाँच वर्ष बितिसक्दा पनि नरेन्द्र मोदीको सरकारले उक्त कानुनको अक्षरसः कार्यान्वयन नगरेको भन्दै पुनः अनशन सुरु गरेका हुन् । हजारे ३० जनवरीबाट अनशनरत छन् । 

डा.केसीले चिकित्सा शिक्षामा सुधारको माग गर्दै इलामबाट सोह्रौ अनसन सुरु गरेका थिए । तर सरकारले उनीसँग भएको सम्झौताविपरित चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गर्यो ।

स्वास्थ्य अवस्था बिग्रदै गएपपछि उनलाई नागरिक समुहले अनशन स्थगन गर्न अनुरोध गरेका थिए । उनले नागरिक समाजका अगुवा र शुभचिन्तकको दवाबमा सोह्रौ पटकको अनशन २४ औं दिनमा स्थगन गरेका थिए । अहिले डा.केसीलाई त्रिवि शिक्षण अस्पतालमा आइसियुमा राखेर उपचार गरिदै छ ।





  • प्रकाशित मिति : माघ २१, २०७५ साेमबार १६:२१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया