सुर्खेत आँखा अस्पताल सञ्चालन समिति विरुद्धको रिट खारेज

सुर्खेत आँखा अस्पताल सञ्चालन समिति विरुद्व उच्च अदालत सुर्खेतमा परेको रिट निवेदन खारेज भएको छ ।

रेडक्रस सोसाइटी केन्द्रीय समितिले गत असार १६ गते आफ्नो ३१४ औं बैठकबाट आँखा अस्पताल सञ्चालन निमावली, २०७५ पहिलो संसोधन २०७७ को नियम ४.२ (घ) अनुसार सुर्खेत आँखा अस्पतालको सभापतिमा रामलाल आचार्य र कोषाध्यक्ष कुमारबहादुर ढकाललाई मनोनयन गरेको थियो ।

उक्त मनोनयनका विषयमा नियमविपरीत भएको भन्दै आँखा अस्पतालका निवर्तमान सभापति डाक्टर दीपबहादुर रावल र कोषाध्यक्ष टीकाराम आचार्यले अदालतमा रिट निवेदन दायर गरेका थिए । 

अदालतले आँखा अस्पतालको सभापति र कोषाध्यक्ष पदमा निमावली बमोजिम मनोनयन गर्ने निर्णय अवैधानिक नहुँदा तथा कानुनी हक हनन भएको स्थिति नदेखिएको तथा रिट निवेदकलाई कुनै अपूरणीय क्षति नहुने र आँखा अस्पतालको सेवा प्रवाहमा समेत कुनै असर नपर्ने जनाउँदै उक्त रिट निवेदन खारेज गरेको हो ।

विपक्षीका तर्फबाट नेपाल रेडक्रस सोसाइटीका प्रमुख कानुनी सल्लाहकार अधिवक्ता मोहनप्रकाश पोखरेल र आँखा अस्पताल सुर्खेतका तर्फबाट अधिवक्ता दुर्गाप्रसाद सापकोटाले बहस गर्दै आएका थिए ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार १८:५३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया