लिङ्देनलाई केन्द्रीय सदस्य र सम्पादन समिति सदस्यको सचेतना पत्र, जनताको विश्वास गुमाएको एमालेसँग तालमेल गरेको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी कर्णाली प्रदेशले अध्यक्ष राजेन्द्र लिङ्देनलाई बिहीबार सचेतना पत्र बुझाएको छ। 

‘जनताको विश्वास गुमाएको एमालेसँग तालमेल गरेको’ भन्दै  कणौली प्रदेश अध्यक्ष, केन्द्रीय सम्पादन समिति सदस्य र केन्द्रीय सदस्यहरूले लिङ्देनलाई सचेतना पत्र बुझाएका हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार गरेको नीति र निर्णयबाट पार्टीलाई दूरगामी एवं गम्भीर क्षति पुग्ने गरी तालमेल गर्ने निर्णय गरेको भन्दै सचेतना पत्र बुझाइएको हो। 

२३ जनाको हस्ताक्षर गरिएको पत्रमा निर्णयलाई तत्काल सच्याउनका लागि ध्यानाकर्षण गरिएको छ।

पत्रमा भनिएको छ, ‘जनताबाट विश्वास गुमाएको र हाम्रो पार्टी र नेतृत्वबाट अपवित्र घोषणा गरेको मध्येको एउटा दल नेकपा एमालेसँग चुनावी तालमेलको सम्झौता गर्नु सर्वथा अनुचित छ ।’ यस निर्णयले सिंगो पार्टी, सिद्धान्त, आदर्श, अठोट र संकल्प तथा जनताप्रति गरिएको प्रतिज्ञाको विपरीत रहेको पत्रमा उल्लेख छ । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार २०:१५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया