ओलीमाथि खनिए रावल : आफूले मनपरी अत्याचार गर्ने, अरुलाई चुप लाग भन्‍ने ?

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै ओलीले अन्याय र अत्याचार गरेको बताएका छन्। नेता रावलले बिहीबार साँझ सामाजिक सञ्‍जाल ट्विटरमार्फ अध्यक्ष ओलीको आलोचना गरेका हुन् ।

‘अन्याय सार्वजनिक रूपमा गर्ने, तर त्यसबारे सार्वजनिक रूपमा नबोल भन्ने कुरा लोकतन्त्र र कम्युनिष्ट पार्टीमा भन्‍न सुहाउँछ र ?’ उनले आफूसँग आन्तरिक रुपमा नै किन छलफल नगरेको भन्दै प्रश्‍नसमेत गरेका छन् । 

प्रतिनिधि सभाको उम्मेदवारी रोकिएको सन्दर्भमा आफूले सार्वजनिक रुपमा बोल्न नहुने भनी तर्क गरेको सुनिएको भन्दै उनले आपत्ति जनाएका छन् । 

‘मेरो उम्मेदवारी सार्वजनिक रुपमा नरोकेर पार्टीभित्रै मसँग छलफल नगरेको किन त ? यस प्रसंगमा चिनियाँ क्रान्तिकालका प्रसिद्धा साहित्यकार लु शुनको यो भनाइ सान्दर्भिक छ– बिरालोले मुसा समातेपछि पीडाले मुसा चिच्याउँदा बिरालोले त्यो त्यतिकै किन चिच्याएको होला भनी ठानेझैँ, अन्यायी–अत्याचारीले अत्याचार हुँदा पनि जनता चुप लाग्‍नुपर्छ, किन कराउने भनी ठान्छन् । त्यस्तै हो, आफूले मनपरी गर्ने, अरुलाई चुपचाप आदेश पालना गर भन्‍ने। यस्तो कुरा लोकतन्त्र र कम्युनिस्ट पार्टीको मान्यताविरुद्ध छ,’ उनले भने ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार २०:३५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया