बैतडीका ८४ वटै वडामा गठबन्धनले शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने

गठबन्धन दलहरुले तिहारको उपलक्ष्यमा आइतबार बैतडीका ८४ वटै वडामा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने भएका छन् । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई समेत ध्यानमा राखेर गठबन्धन दलहरुले चियापान तथा शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका जिल्ला सह–इन्चार्ज विक्रम कुँवर (प्रतीक)ले जानकारी दिए ।

जिल्लाका ८४ वटै वडामा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिने कुँवरले बताए । गठबन्धनमा सहभागी दलका स्थानीय कमिटीहरुले कार्यक्रमको आयोजना गर्ने उनले बताए ।

चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा गठबन्धन दलका तर्फबाट उम्मेदवारहरुलाई जिताउनका लागि आग्रह गरिने समेत कुँवरले बताए ।

प्रत्येक वडामा चियापान तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम तय भएकाले सबै वडामा त्यसको तयारी समेत भएको नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्बर (ख)का क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए । 

चुनावी प्रचारप्रसारकै अभियानमा रहेका बेला तिहारको उपलक्ष्यमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए ।



बैतडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन गरेर चुनावी मैदानमा होमिएका छन् ।



  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार २०:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया