किभले रुसले पूर्वी खेरसन क्षेत्रमा जलविद्युत् बाँध ध्वस्त गर्ने योजना बनाएको आरोप लगाएको छ । उक्त क्षेत्रमा युक्रेनी सैनिक निरन्तर अगाडि बढिरहेका छन् भने मस्को–स्थापित अधिकारीहरूले खाली गर्न थालेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले काखोभका जलविद्युत् आयोजनालाई विस्फोट गराउने उद्देश्यले खनन् गरेको बताएका छन् । युरोपेली नेताहरूलाई बिहीबार एक भाषणमा जेलेन्स्कीले बाँध ध्वस्त भएमा तल्लो डिनिप्रो नदी वरपरका लाखौं मानिस बाढीको खतरामा हुने चेतावनी दिए ।
उनका अनुसार दक्षिणमा पानीको आपूर्ति कटौतीले युरोपको सबैभन्दा ठूलो जापोरिझिया आणविक ऊर्जा केन्द्रको चिस्यान प्रणालीलाई पनि असर गर्न सक्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।