विश्वकपमा आयरल्याण्डविरुद्ध श्रीलंकाको फराकिलो जित

अस्ट्रेलियामा आठौं संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत आयरल्याण्डविरुद्ध श्रीलंका ९ विकेटले विजयी भएको छ ।

आइतबार भएको पहिलो खेलमा आयरल्याण्डले दिउको १ सय २९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि कुशल मेन्डिसले उत्कृष्ट पारी खेले ।

४३ बलको सामना गरेका उनले चार चौका र तीन छक्कासहित अविजित ६८ रन बनाए । त्यस्तै, धनन्जय डिसिल्भा र चरिथा अशलंकाले अविजित ३१/३१ रनको योगदान दिए । आयरल्याण्डका लागि ग्यारेथ डेलानीले मात्र एक विकेट लिन सके ।

त्यसअघि होबार्टस्थित बेलेरिभ ओभल मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनायो । उसका लागि ह्यारी टेक्टरले ४२ बलमा दुई चौका र एक छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए ।

त्यस्तै, पउल स्टर्लिङले २५ बलमा चार चौका र एक छक्काको सहयोगमा ३४ रनको योगदान दिए । जर्ज डकरेल १४ र लोर्कान टकर १० रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । श्रीलंकाका लागि वानिन्दु हसरंगा, महेश थिक्क्षणाले दुई, चमिका करुणारत्ने, बिनुरा फर्नान्डो, लाहिरु कुमारा र धनन्जय डिसिल्भाले एक/एक विकेट लिए ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७९ आइतबार १२:५९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया