तिहारका ६ सुर

‘तिहारै आयो लौ झिलिमिली
ए सुन हजुर भैलेनी आए आगन
मनको आँखा उघारी हेर
हे सुन हजुर लक्ष्मी आइन आगन...’

हरेक वर्ष तिहारमा अत्यधिक बज्ने गीत हो यो । चलचित्र ‘स्वर्ग’ मा समावेश यो गीतले तिहारको सांस्कृतिक पक्ष समावेश गरिएको छ । तिहारमा बेला दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका र सयपत्री/मखमली फूलका माला लगाइदिने मात्र होइन साँझमा भैलो र देउसी खेल्ने परम्परा छ । देउसी भैलो खेल्न जानेहरुले यहि गीत बजाएर नाँच्ने गरेका छन् । गीत लोचन भट्टराई र नुतन प्रधानले गाएका हुन् । 

निधारमा लर्काएर सप्तरंगी टीको
हिँडिरहुँ सधैँ तिमी शिखरको बाटो ।
ओखरमा फोरिदिए बाधाहरु मैले 
जता पनि पुग दाजै घाम भन्दा पहिले...’

विशेषगरी यो गीत भाइटीकाका दिन धेरै बज्ने गर्छ । दिदीबहिनीहरुले तिहारमा दाजुभाइलाई दिने आर्शिवादका रुपमा यो गीतको प्रयोग हुने गरेको छ । दिनेश अधिकारीले लेखेको यो गीत चलचित्र ‘विजय पराजय’मा समावेश छ । 

हेमलताले गाएको यो गीतमा शम्भुजित बाँस्कोटाले संगीत गरेका छन् । तिहारको महत्व र दाजुभाइ दिदीबहिनीको सम्बन्ध उल्लेख गरिएको यो गीत अहिले पनि उत्तिकै सान्दर्भिक र चर्चित छ । 



‘दियो बाली साँझको
फूल सजाइ पूजाको
माता लक्ष्मी बसिदेउ आज
घर संसार सानो हाम्रो’

चलचित्र ‘राँको’ मा समावेश यो गीत विशेष गरेर लक्ष्मी पूजाका दिन बज्ने गर्छ । लक्ष्मी पूजाको साँझ लक्ष्मी भित्राउँने बेला हरेक घरमा बज्ने यो गीत पनि वर्षौदेखि लोकप्रिय छ । आशा भोसलले गाएको यो गीत लक्ष्मी पूजा बाहेकका अन्य दिनमा पनि उत्तिकै बजाइन्छ । 



‘भाईटीकामा भेट्न आउँला बिदाई छ आजलाई
 नरोइ जाउँ चेली आशिष छ तिमीलाई
 पराइ नै आफ्नो हो, आफ्नो नै पराई...’

राजु लामाले गाएको यो गीत पनि तिहारमा निक्कै गुञ्जिने गीत हो । यो गीतमा विवाह भएर जान लागेकी चेलीलाई माइतीले भाइटीकामा भेट्न आउने बाचा गरेको कथा समावेश छ । सुक गुरुङको शब्द संगीत रहेको यो गीत पनि लामो समयदेखि लोकप्रिय गीत हो । 

‘अधरमा आज उनकै छ गीत
पल पल मनमा झल्किन्छ प्रीति...’

यस्तै तिहारमा धेरै गुञ्जिने गीतहरुमा चलचित्र ‘अन्याय’को यो गीत पनि हो । गीतले तिहारसँग बल्ने बत्ति र संप्तरंगीसँग जीवनको रंग र उमंगलाई जोडिएको छ । मनिला सोताङले गाएको यो गीतमा रन्जित गजमेरले संगीत गरेका छन् । गीत रत्न शम्शेर थापाले लेखेका हुन् । 

हाँसेर बोल बैनी तिहारको बेलामा
रिसाउँनु हुन्न नी लै लै ख्याल र ख्यालैमा
तिमी हाँस्दा फूल हाँस्दा
तिमी रुँदा आँसु बरर...

तिहारमा दिदीबहिनी र दाजुभाईको माया सम्झाउँदै बज्ने  अर्को गीत हो यो । गीतमा दाजुभाइसँग दिदी बहिनीको माया तिहारमा प्रयोग गरिने दुबो, तेल र मखमलीसँग दाँजिएको छ । चलचित्र ‘माइती’मा समावेश यो गीत आनन्द कार्की, उदित नारायण झा, दीपा झाले गाएका छन् । 

  • प्रकाशित मिति : कात्तिक ८, २०७९ मंगलबार ७:२८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया