धादिङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते

धादिङको गल्छीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सिराहाका लागि छुटेको बागमती प्रदेश ३ ००१ ख ०७२२ नम्बरको यात्रुवाहक बसले गल्छी गाँउपालिका–७ स्थित खेस्टेखोला पुलनजिकै विपरीत दिशाबाट आउँदै गरेको बा. ९२ प २३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

प्रहरीका अनुसार बसको ठक्करबाट मोटरसाइकल चालक थाँक्रे गाउँपालिका–११ का २६ वर्षीय सुनिल थापाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार अर्का ३४ वर्षीय रमेश लामा घाइते भएका छन् । 





  • प्रकाशित मिति : कात्तिक १०, २०७९ बिहीबार ९:३६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया