प्रजातान्त्रिक योद्धा जगन्नाथ यादवको निधन

नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा जगन्नाथ यादवको ६५ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको लोहारपट्टी–१ बगडाका यादवको आज बिहान निधन भएको हो ।

पञ्चायती व्यवस्थाविरुद्ध मुलुकमा प्रजातन्त्र पुनःस्थापनाका लागि नेपाली कांग्रेसमा आबद्ध भई उनी प्रजातान्त्रिक आन्दोलनमा सरिक भएका थिए । पछिल्ला केही वर्षदेखि मधुमेहको समस्याले ग्रस्त यादवको आफ्नै निवासमा निधन भएको हो ।

उनको निधनमा कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आफू विद्यार्थी छँदा यादवकै अभिभावकत्वमा पार्टीमा जोडिएको स्मरण गरे ।  





  • प्रकाशित मिति : कात्तिक १०, २०७९ बिहीबार १४:५५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया