महोत्तरीको भंगहामा दुई समुदायबीच झडप, प्रशासनले जारी गर्‍यो अनिश्चितकालीन कर्फ्यू

महोत्तरीको भंगहा नगरपालिका–८ पररियामा दुई समुदायबीच झडप भएको छ । बिहीबार हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको बेला मुस्लिम समुदायका व्यक्तिले ढुंगामुढा गरेपछि झडप भएको प्रहरीले जनाएको हो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्देश्वर यादवका अनुसार बिहीबार बिहानैदेखि हिन्दू सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच झडप भएको थियो । झडपमा दुवै पक्षका दर्जनौं व्यक्ति घाइते भएको उनले बताए । 

डीएसपी यादवले भने, ‘बिहान करिब १० बजेको समयमा हिन्दु सेना सम्राटले मार्च पास निकालेको बेला वडा नम्बर–८ स्थित पररियामा दुबै समूहबीच झडप भएको थियो । दुवैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । अवस्था तनावग्रस्त भएपछि प्रहरीले ३२ राउण्ड हवाई फायर गरेको थियो ।’

यसैबीच झडपले उग्र रूप लिएपछि स्थानीय प्रशासनले भंगहा नगरपालिकामा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ । शान्त भएको विवाद राती बढ्न सक्ने आशंकामा त्यस क्षेत्रमा साँझ ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

आदेशको उल्लंघन भएमा कानूनबमोजिम कडा कारवाही हुने चेतावनी समेत दिइएको छ । दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुरभन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी–१ बगडा चौक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकोको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको हो ।   





  • प्रकाशित मिति : कात्तिक १०, २०७९ बिहीबार १९:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया