अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई युवकको मृत्यु, दुईजना घाइते

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका–१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेमा बिहीबार राति प्रदेश नम्बर २–०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझी रहेका छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । 

बा२५प ८८७६ नम्बरको अर्को मोटरसाइकलमा सवार सन्धिखर्क–२ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

उनका अनुसार घाइते दुवैजनाको बुटवलमा रहेको मर्सि सिटी हस्पिटलमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७९ शुक्रबार १०:२२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया