बझाङमा झडप हुँदा चारजना गम्भीर घाइते

बझाङको खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा झडप हुँदा चारजना गम्भीर घाइते भएका छन् । बिहीबार साँझ भएको झडपमा गम्भीर घाइते चार जनाकै बझाङमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ । 

घाइते हुनेमा बसन्त खड्का, त्रिभूवन खड्का, प्रकाश खड्का र दिपक खड्का रहेका छन् । उनीहरूबीच पुरानै पारिवारिक प्रतिशोध र अहिले चुनाव कारण झडप भएको वडाध्यक्ष तेजबहादुर खड्काले बताए । 

उनका अनुसार बसन्त खड्काले चुनावी प्रचारको विवादका क्रममा त्रिभुवन खड्काको टाउकोमा बोतलले हिर्काउँदा झगडा सुरु भएको हो। 

घाइते हुनेहरू नेकपा एमाले र नेपाली कांग्रेसका समर्थक रहेको बुझिएको छ । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७९ शुक्रबार ११:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया