पल शाहले कारागारमै लगाए भाइटीका

कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा २ वर्ष ६ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताए ।

उनीविरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए । शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो । 

शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत २१ भदौमा यौन दुरुपयोगमा गरेको आरोपमा २ वर्ष ६ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ । 

तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ ।  





  • प्रकाशित मिति : कात्तिक ११, २०७९ शुक्रबार १२:४९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया