कांग्रेसको घोषणापत्रः ३ वर्षमुनिका र ७३ वर्ष माथिकालाई निःशुल्क उपचार

नेपाली कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । 

कांग्रेसको पार्टी कार्यालय सानेपामा आज सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

संविधान रक्षा, स्थिरता र समुन्नततिको आधार नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकारलाई नारा बनाएको कांग्रेसले आफ्नो घोषणा पत्रमा ३ वर्षमुनिका बालबालिका तथा ७३ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ ।

त्यस्तै, घोषणा पत्रमा ५ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा र बिमामार्फत् गम्भीर प्रकृतिका रोेगको उपचारको सुनिश्चितता गर्ने पनि उल्लेख गरिएको छ ।

बीमा रकमको दायरालाई बढाएर १० लाख पुर्याउने लक्ष्य पनि कांग्रेसले लिएको छ ।

त्यस्तै, ६५ वर्ष माथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बीमा गरिने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।



पाँच वर्षभित्र हरेक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, विशिष्टीकृत अस्पताल, स्वास्थय अनुसन्धान केन्द्र स्थापना गर्ने र सन्चालन गर्ने पनि कांग्रेसको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था पनि कांग्रेसले अबको पाँच वर्ष भित्र गर्ने लक्ष्य लिएको छ । त्यस्तै, सबै स्थानीय तहमा सुविधा सम्पन्न एम्बुलेन्स सेवा व्यवस्था गरेर राष्ट्रिय एम्बुलेन्स सन्जाल बनाउने पनि कांग्रेसले लक्ष्य लिएको छ ।
 




  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार १३:१८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया