नेवि संघ अध्यक्ष महर र उपाध्यक्ष राईसहित ६ जना पक्राउ

काठमाडौं– नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अध्यक्ष महर, उपाध्यक्ष नवीन राईसहित ६ जनालाई  नियन्त्रणमा लिएको हो ।

पोखरामा केही दिनअघि गाडी जलाएको भन्दै प्रहरीले नेविसंघ कार्यकर्ता पक्राउ गरेको थियो । आफ्ना कार्यकर्ता पक्राउको विरोधमा नेविसंघले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंअगाडि धर्ना कार्यक्रम आयोजना गरेको थियो ।  सोही कार्यक्रममा जान लागेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।





  • प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार १५:३७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया