गठनकाे ८ महिनासम्म नेकपा अफिसियल वेबसाइटविहीन

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को एकतापश्चात् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको आठ महिना बितिसक्दा पनि यी दुई पार्टीले सञ्चालन गर्दै आएका अफिसियल वेबसाइट भने परिवर्तन गरिएका छैनन् । साइटमा दुवै पार्टीका पुरानै सूचना रहेका छन् । 

पूर्वनेकपा एमाले र पूर्वमाओवादी केन्द्रको नाममा रहेका उक्त दुई साइटमा पार्टीको इतिहास, अध्यक्ष तथा नेताहरूका पुरानै गतिविधि र प्रेस विज्ञप्तिहरू विद्यमान  छन् । यी सामग्री पुरानै सूचना हुन् । 

निर्वाचन आयोगमा दर्ता भएअनुसार पार्टी एउटै हो, तर यसको कार्यालय पनि दुईतिर चलिरहेका छन् । वेबसाइट पनि दुईवटा रहेको छ । तर अपडेट भने छैनन् । पार्टीका गतिविधिबारे नयाँ सूचना हेर्न खोज्दा थाहा पाइन्न । 

मुलुकको ठूलो पार्टी भए पनि हेर्दा सानो विषय जस्तो लाग्ने यस्ता महत्वपूर्ण विषयमा पार्टीले ध्यान दिएको छैन । पूर्वमाओवादी केन्द्रका कार्यालय सचिव प्रह्लाद बुढाथोकीले नयाँ साइट सञ्चालन गर्ने कि अहिले भइरहेको साइट अपडेट गर्ने भन्ने विकल्प रहेको बताए । 

उनले भने, ‘यस विषयमा पार्टीले कुनै निर्णय गरेको छैन । नयाँ साइट बनाउने कि भइरहेकोलाई नै अपडेट गर्ने भन्ने विकल्प छन् । तर, यसको ‘वर्कआउट’ भने भइसकेको छैन ।’ 
 





  • प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार १६:३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया