छठ हेर्न गएका किशोरको छुरा प्रहार गरी हत्या

छठ हेर्न गएका एक किशोरको छुरा प्रहारबाट मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति उर्लाबारीस्थित मावा खोलामा छठ पर्व हेर्न गएका झापाको दमक नगरपालिका १० का १४ वर्षीय डियुज श्रेष्ठको मृत्यु भएको हो ।

छुरा प्रहारबाट घाइते भएका डियुजको उर्लाबारीस्थित गोदावरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनीमाथि राति करिब १०ः३० बजेतिर छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ​छुरा प्रहार गर्नेको पहिचान हुन बाँकी छ । अनुसन्धानका लागि प्रहरीले डियुजसँगै गएका साथीलाई नियन्त्रणले लिएको छ ।  





  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार १२:२१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया