नेप्से परिसूचक १६.३९ अंकले बढ्यो

तिहारपछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक वृद्धि भएर कारोबार बन्द भएको छ । तिहारअघि १४ अंकले बढेर बन्द भएको नेप्से तिहारपछिको पहिलो कारोबारको दिन सोमवार १६ अंकले बढेको हो । सोमवार नेप्से परिसूचक १६.३९ अंकले वृद्धि भएर १८७४.८७ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ०.९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ प्रतिशतले बढेको छ ।

सोमवार कारोबारमा आएका २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेन ।

नेप्सेका १३ उपसमूह मध्ये १२ उपसमूहको सूचक बढेको छ भने एक उपसमूहको सूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको सूचक सबैभन्दा धेरै १.६५ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको १.५९ प्रतिशत,बैकिङ १.५२ प्रतिशत र व्यापार उपसमूहको १.१४ प्रतिशतले बढेको छ । तर विकास बैंक उपसमूहको परिसूचक भने ०.३९ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचक बढेसँगै सोमवार सोमवार सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, नेपाल एसबिआई बैंकको मूल्य ८.२४ प्रतिशत बढेको छ भने साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७.०७ प्रतिशत र एनआईसी एशियाको ६.८० प्रतिशत बढेको छ । तर यता अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८.१६ प्रतिशत घटेको छ । आज  एनआईसी एशिया बैंकको ६ करोड १७ लाख २१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार १५:५३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया