रोल्पामा भिरबाट लडेर युवकको मृत्यु

रोल्पामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । रून्टीगढी गाउँपालिका–१ का ३१ वर्षीय लेखनाथ रानाको भिरबाट लडेर सोमबार दिउँसो मृत्यु भएको हो ।

उनी घरबाट नजिकै रहेको भिरबाट लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विनोद घिमिरेले जानकारी दिए ।

राना करिब १५० मिटर तल खसेका थिए । रानाले सोमबार बिहानैदेखि मदिरा सेवन गरेको खुलेको छ ।  





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १०:४१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया