इरानलाई विश्वकपमा प्रतिबन्ध लगाउन युक्रेनको माग

इरानलाई कतार विश्वकपमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिएको छ । युक्रेनको फुटबल एसोसिएसनले मानवअधिकार उल्लङ्घन गरेको आरोपमा इरानलाई प्रतिबन्ध लगाउनु पर्ने माग गरेको हो ।   

इरानलाई विश्वकपमा प्रतिबन्ध गर्नका लागि युक्रेन फुटबलले फिफालाई आग्रह गर्ने योजना बनाएको बीबीसीले जनाएको छ । ​युक्रेनविरुद्ध रुसको सैन्य आक्रमणमा इरानको हात हुनसक्ने युक्रेन फुटबलले बताउँदै आएको छ ।

एसोसिएसनको कार्यकारी बैठकले विश्वकपमा इरानलाई बहिष्कारका लागि फिफालाई अनुरोध गर्ने निर्णय भएको बताइएको छ । यस महिनाको सुरुमा इरानी खेलकुदसँग सम्बन्धित व्यक्तित्वहरू र मानव अधिकार समूह ओपन स्टेडियम्सले पनि फिफालाई इरानी राष्ट्रिय टोलीमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेका थिए ।

इरानको मानव अधिकारसँग सम्बन्धित समाचार एजेन्सी (एचआरएन) ले अनुचित रूपमा हिजाब लगाएको आरोपमा एउटी महिलाको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा ४५ बालबालिकासहित २८४ जनाको मृत्यु भएको जनाएको छ ।

कतार विश्वकपको समूह ‘बी’ मा इंग्ल्याण्ड, अमेरिका र वेल्ससँगै रहेको इरानले २१ नोभेम्बरमा इंग्ल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १०:५२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया