विश्वकपमा श्रीलंकाको दोस्रो जित, एक खेल अगावै बाहिरियो अफगानिस्तान

अस्ट्रेलियामा जारी आठौँ संस्करणको टी–२० विश्वकपमा श्रीलंकाले दोस्रो जित हात पारेको छ । उसले आज सम्पन्न सुपर १२ को समूह ‘एक’ अन्तर्गतको खेलमा अफगानिस्तालाई ६ विकेटले हराउँदै दोस्रो जित हात पारेको हो । यो जितसँगै उसले सेमिफाइनलको झिनो आशा कायमै राखेको छ । 

अफगानिस्तानले दिएको १ सय ४५ रनको लक्ष्य श्रीलंकाले १८.३ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका लागि धनन्नजय डि सिल्भाले ४० बलमा पाँच चौका र दुई छक्कासहित अविजित ६६ रनको पारी खेले । त्यस्तै, कुशल मेन्डिसले २५, चरिथ अस्लंकाले १९, भानुका राजापाक्षले १८ र पथुम निसन्काले १० रन बनाए ।

अफगानिस्ताका लागि मुजिब उर रहमान र राशिद खानले समान दुई विकेट हात पारे । त्यसअघि ब्रिसबेन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । उसका लागि रहमानुल्लाह गुर्बाजले सर्वाधिक २८ रनको योगदान दिए । 

उस्मान घानीले २७, इब्राहिम जाद्रनले २२, नजिवुल्लाह जाद्रनले १७, कप्तान मोहम्मद नबीले १३ तथा गुल्बदिन नइबीले १२ रन जोडे । श्रीलंकाका लागि वानिन्दु हसरंगाले तीन, लाहिरु कुमाराले दुई तथा कासुन रजिथा र धनन्नजय डि सिल्भाले एक/एक विकेट हात पार्दा १ विके रन आउटका रूपमा प्राप्त भयो । 

यो जितसँगै ४ खेलमा ४ अंक जोडेको श्रीलंका तेस्रो स्थानमा उक्लिँदा पराजित अफगानिस्तान समान खेलबाट २ अंकका साथ पुछारमा रहँदै बाहिरिएको छ ।
 





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १३:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया