\
नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
मंगलबार दिउँसो एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट घोषणा पत्र सार्वजनिक कार्यक्रमको उद्घाटन गरेका थिए ।
उनको हात स्क्यान गरेर घोषणा पत्र सार्वजनिक गरेपछि एमालेले लाइभ डिबेट कार्यक्रम राखेको छ ।
एमालेको घोषणा पत्र कार्यक्रममा समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय संकल्पलाई निरन्तरता दिएको छ ।
घोषणा पत्र सार्वजनिक कार्यक्रममा एमालेले २० ग्यारेन्टी भनेर पावरपोइन्ट प्रिजेन्टेसन गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।