नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला चुनावी प्रचारमा निस्किएका छन् । सत्तारुढ गठबन्धनतर्फबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार उनी आफ्नो तालिकासहित चुनावी मैदानमा होमिएका हुन्।
डा. कोइरालाले मंगलबार विराटनगरका विभिन्न ४ वटा वडामा भेटघाट तथा घरदैलो कार्यक्रम गरेका छन्। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार बिहान ७ बजे वडा नम्बर ५ को पृथ्वीचोकबाट सुरु भएको भेटघाट बेलुका ५ बजे सोही वडाको विशाल चोकमा पुगेर सकिएको थियो।
वडा नम्बर ५, ६, ९ र ११ का विभिन्न स्थानमा पहिलो दिनको भेटघाट कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको थपलियाले जानकारी दिए। भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले संविधानलाई कार्वान्वयनको पाटोमा लैजानका लागि सत्तारुढ गठबन्धनको जित महत्वपूर्ण हुने भन्दै मत मागेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।