आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न सक्दैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरेका छन् ।

मंगलबार जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकको संविधान रक्षा, स्थायी सरकार र राष्ट्रिय विकासका लागि बाध्य भएर पश्चगमनको विरुद्धमा विद्रोह गरेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दास बनाउन खोजेपछि आफूहरुले विद्रोह गरेको बताए । जनताले २०७४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई करिब दुईतिहाई बहुमत दिए पनि केपी ओलीले कुनै काम गर्न नसकेको उनले बताए । 

अध्यक्ष नेपालले समाजवादीको चुनाव चिह्न कलमले मुलुकको नयाँ भविष्य निर्माण गर्ने दाबी गरे । उनले गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै कुनै शक्तिले पनि पराजित गर्न नसक्ने दाबीसमेत गरेका छन् ।

कार्यक्रममा पूर्वराज्यमन्त्री स्रञ्जय साहका समर्थक रामविनोद यादवको अगुवाईमा सयौंजना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । 

सो कार्यक्रममा धनुषा–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पूर्वमन्त्री रामचन्द्र झालगायत नेताले बोलेका थिए ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १९:५३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया