सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गरेपछि उनले अदालतको आदेश जनताको जितको सुरुवात भएको टिप्पणी गरेका छन् ।
डा. कार्कीले आफ्नो अभियानमा साथ दिने सम्पूर्ण शुभचिन्तकलाई धन्यवाद दिँदै बुधबारदेखि चुनावी अभियान सुरु गर्ने बताएकी छन् ।
उनले चुनाव प्रचार–प्रसारका थप योजना बुधबार साँझ ४ बजे जावलाखेलबाट सार्वजनिक गर्ने भएकी छिन् । सो कार्यक्रममा उपस्थितिका लागि उनले आफ्ना शुभचिन्तकलाई निम्तासमेत दिएकी छन् ।
मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।