विश्वकप क्रिकेटमा आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

अस्ट्रेलियामा जारी आठौँ संस्करणको आइसिसी टी–२० विश्वकपमा आज दुई खेल हुँदै छन् । आज हुने पहिलो खेलमा जिम्बाब्वे र नेदरल्याण्ड्स खेल्दै छन् । यी दुई टोलीबीचको खेल बिहान ९ः४५ देखि एडिलेडमा सुरु हुनेछ ।​

जिम्बाब्वे र नेदरल्याण्ड्सको सेमिफाइनल यात्रा लगभग समाप्त भइसकेको छ । यी दुवै टिम सुखद अन्त्य गर्न चाहन्छन् । तीन म्याच खेल्दा जिम्बाब्वेले एकमा जित, एकमा हार र एक खेलमा वर्षाका कारण अंक बाँडेको छ । ऊ तालिकाको चौथो स्थानमा रहेको छ ।

त्यस्तै, नेदरल्याण्ड्सले तीन म्याच खेल्दा तीनमै हारको सामना गरेको छ । ऊ आजको खेलमा जिम्बाब्वेलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ । आजै हुने दोस्रो खेलमा भारत र बंगलादेश खेल्दै छन् । यी दुई टिमबीचको खेल दिउँसो १ः४५ देखि एडिलेडमै सुरु हुनेछ ।

भारत आजको खेल जित्दै सेमिफाइनलको यात्रा सुरक्षित गर्न चाहन्छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको उसले तीन म्याच खेल्दा दुईमा जित र एक खेलमा हार बेहोरेको छ । त्यस्तै, तेस्रोमा स्थानमा रहेको बंगलादेशले पनि तीनमध्ये दुईमा जित र एक खेलमा हारको सामना गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार ६:३९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया