एक किशोरीलाई जबरजस्तीकरणी गरेको आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस हुँदैछ ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मंगलबार उनीसँगको बयान सकेसँगै आजदेखि थुनछेक बहस हुने भएको हो ।
सन्दीपको बयान पूरा भएकाले बुधबार थुनछेक बहस हुन लागेको उनी पक्षका वकिल मुरारी सापकोटाले जानकारी दिए । बयानका क्रममा सन्दीपले आफूप्रति बदनियत राखेर र कसैको उक्साहटमा अभियोग लगाएको बताएका थिए ।
सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार १७ वर्षीया नाबालिगलाई गत भदौ ५ मा काठमाडौंस्थित एक होटेलमा लगेर जबरजस्तीकरणी गरेको अभियोगपत्र दायर गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।