बराह तालमा कृषि प्रविधि प्रदर्शनी

कृषि क्षेत्रमा उपयुक्त प्रविधि प्रयोग वृद्धि तथा वहुउपयोगिताको मूल उद्देश्यले सुर्खेतको बराहताल गाउँपालिकामा प्रविधि प्रदर्शनी गरिएको छ । गाउँपालिकाको वडा नं. ५ स्थित बड्चिौर क्षेत्रका किसानहरू बीच मंगलबार एक कार्यक्रमका साथ उपयुक्त प्रविधि प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा भौगोलिक क्षेत्र अनुसार प्रविधिको प्रयोगका विषयमा केन्द्रित रहँदै मिनिटिलरमा रिपर (धान काट्ने मेसिन) र धान थ्रेसर जडान गरी प्रविधि प्रदर्शनी गरिएको थियो ।

यस प्रविधिमा विशेषसरि मेसिन बाट धान काट्ने र धान काटी सके पछि दाउन सकिन्छ । यो प्रविधिको प्रयोगले मानव श्रम न्यूनीकरण हुने, उत्पादन लागत घट्न गई किसानको आम्दानीमा वृद्धि हुने सिसा परियोजनाका कृषि प्राविधिक बाबुराम तिवारीले जानकारी दिए । 

भौगोलिक अवस्था, कृषकको आवश्यकता, खेती बाली हेरी सोही अनुसारको कृषि मेसिनरी र उपयुक्त प्रविधिको प्रयोग गर्दा कृषकलाई फाइदा पुग्ने र किसानको आम्दानी बढ्ने शुभकामना एग्रो इन्टरप्राइजेज सुर्खेतका प्रबन्ध निर्देशक राजबहादुर शाहले जानकारी दिए । 

सिसा परियोजनाको सहकार्यमा आयोजित कृषि प्रविधि प्रदर्शनी कार्यक्रम सुर्खेतका ६ वटा पालीकामा सञ्चालन गरिँदै छ । प्रविधि प्रदर्शनी कार्यक्रममा ब्राईट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पसमा कृषि स्नातक तह अध्ययन रत विद्यार्थी, जनप्रतिनिधि, स्थानीय सहकारी संस्थाका प्रतिनिधिलगायतका उपस्थिति रहेको थियो ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार ११:५४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया