आगामी निर्वाचन एमालेले नजिते देशको अवस्था श्रीलंकाभन्दा खराब हुन्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचन एमालेले नजिते देशको अवस्था श्रीलंकाभन्दा खराब हुने दाबी गरेका छन् । नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रहेका थापाले एमालेको जितले मात्रै मुलुक समृद्ध बन्ने दाबी गरेका हुन् ।

बुधबार हेटौंडा–५ मा चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँचदलीय गठबन्धनले जितेमा देशको अवस्था जर्जर हुने र श्रीलंकाको अवस्थामा पुग्ने बताए । वर्तमन सरकारसँग देश चलाउने कुनै पनि भिजन र इच्छाशक्ति नभएको उनको आरोप छ । 

पाँचदलीय गठबन्धनले फरकफरक घोषणापत्र सार्वजनिक गरेको भन्दै उनले भने, ‘गठबन्धनले जितेको अवस्थामा कुन पार्टीको घोषणापत्र कार्यान्वयन गर्ने ? पाँचदलीय गठबन्धनले झुटको खेती गरेर जनता झुक्याउने काम गरिरहेकाले भ्रममा नपर्न उनले आग्रह गरे । 

गठबन्धनले सत्तामा पुग्न र कुर्सीमा बस्न विदेशीसँग सहयोग मागिरहेको दाबी गर्दै थापाले एमालेको गठबन्धनले चुनाव जिते देशमा अस्थिरता र भ्रष्टाचार मौलाउने बताए । 

वर्तमान सरकारको तुलनामा केपी ओलीको सरकारले सयौं गुणा राम्रा काम गरेको भन्दै उनले देशलाई बचाउन एमाले जिताउनुबाहेक अर्को विकल्प नभएको बताए ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार १७:३५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया